दिल्लीमा इन्द्रेणीको विशेष सांस्कृतिक प्रस्तुती हुने

डिसी नेपाल
२ माघ २०७६ १३:३५

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा इन्द्रेणी टिमको विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी ईन्डियाद्वारा आयोजित क्रिकेट च्याम्पियनसिपको पुरस्कार वितरण कार्यक्रमको अवसरमा यही जनवरी १९ तारिख आइतबारका दिन इन्द्रेणी सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

एकेडेमीले गत डिसेम्बर १९ तारिखदेखि ३ दिनसम्म विनय मार्ग स्पोर्ट कम्प्लेक्स, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा पहिलो पटक प्रथम अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी स्पोर्ट एकेडेमी नेपालले छिमेकी राष्ट्र भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ ।

खेल प्रति अभिरुची भएका तर खेल्ने वातावरणबाट बञ्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र सहज खेल वातावरणको सिर्जना गर्ने उद्देश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी स्पोर्ट एकेडेमी भारतको स्थापना गरिएको हो ।

खेल र खेलाडीहरूको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा नै धेरै उपलब्धिहरू हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरूसँग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरू सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डिया आधिकारिक खेल संस्थाको रुपमा  स्थापित भएको हो ।

मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पूर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप २०१९’को आयोजना गरेको थियो।

प्रतियोगिताका विजेताहरूलाई  सामुदायिक भवन,एन्ड्रियुज गन्ज, नयाँ दिल्ली ११००४९ मा इन्द्रेणीको विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्न लागिएको हो ।  कार्यक्रममा इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलसहितको कलाकारको टिम सहभागी हुँदैछ ।

 एकेडेमी इन्डियाका प्रवास इन्चार्ज  गोपाल थापाले दिल्लीस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरू तथा संगीतप्रेमीहरुलाई निमन्त्रणा  गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *