बेलायतका लागि पूर्व नेपाली राजदूत शर्माको निधन 

डिसी नेपाल
२ माघ २०७६ १४:४४

लण्डन । बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्मा अधिकारीको निधन भएको छ । उनको ६८ वर्षको उमेरमा गत मंगलबार लण्डनकाे पट्‌नीमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनलाई मंगलवार बिहान मर्निगंवाकबाट फर्किनेक्रममा हृदयघात भएको थियो ।

उनको शवलाई अहिले लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ । उनी श्रीमती निलाका साथ बेलायतमा बस्दै आएका थिए । उनको छोरा अमेरिकामा छन् । उनको जन्म भोजपुरमा भएको थियो।

शर्मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका बेलामा सन् २००७ को फेब्रुअरीमा बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका थिए। उनले सन् २००७ देखी २००९ सम्म बेलायतका लागि नेपालको तर्फबाट राजदूतको जिम्मेवारी सम्हालेका थिए ।

पूर्व परराष्ट्र सचिव शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए। उनी संयुक्त राष्ट्र महासंघको ५६ औं अधिवेशनको कार्यवाहक अध्यक्ष रहेका थिए।

राजदूतबाट हटेपछि शर्मा बेलायतमा साहित्य क्षेत्रमा सक्रिय थिए । उनको निधनप्रति समकालीन साहित्य प्रतिष्ठान बेलायतले दुःख व्यक्त गर्दे समवेदना प्रकट गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *