अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित

डिसी नेपाल
३ माघ २०७६ २२:०७

अदिस अबाबा । इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका र यसका लागि मन्त्रालयस्तरबाट सुधारका काम सुरू गरिएको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले जनाएको छ ।

विश्वविद्यालयहरूले आफू मातहतका विद्यार्थी तथा कर्मचारीलाई अध्ययनमा अवरोध पु¥याएको भन्दै कारबाही सुरू भएको जनाएका छन् । मन्त्रालयका अनुसार सुधारका लागि ४० शिक्षक तथा ६४० विद्यार्थीलाई कारबाहीको दायरामा ल्याइएको छ र विस्थापित विद्यार्थीहरूलाई पुनः विद्यालयमा फर्काउन पहल थालेको पनि बताएको छ ।

सन् २०१९ को नोभेम्बरदेखि विश्वविद्यालयमा भएका प्रदर्शन र हिंसाका कारण कम्तीमा एक दर्जन विद्यार्थीको मृत्यु भएको छ भने दर्जनौँ विद्यार्थीहरू घाइते भएका छन् । विश्वविद्यालयमा हिंसा फैलिनुको मुख्य कारण त्यहाँको जातीय तथा धार्मिक भिन्नताका आधारमा हुने विभेद रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *