छोरी साराको फिल्म ‘लभ आज कल २’को ट्रेलरसँग पिता सैफ अली खान असन्तुष्ट

डिसी नेपाल
४ माघ २०७६ १०:०४

मुम्बइ। सारा अली खान र कार्तिक आर्यनको फिल्म लभ आज कल २ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर हेरेर मानिसहरुले यसलाई सैफ अली खान र दीपिका पादुकोणको फिल्म लभ आज कल को कपी बताइरहेका छन् । मानिसहरुलाई यो फिल्मको ट्रेलर मन परिरहेको छेन । यही बीचमा ओरिजिनल फिल्मका हिरो तथा साराका पिता सैफ अली खानको प्रतिक्रिया पनि सार्वजनिक भएको छ ।

इण्डियन एक्सप्रेससँग कुरा गर्दै सैफले सारा–कार्तिक स्टारर लभ आज कलको ट्रेलरलाई आफ्नो फिल्मभन्दा कमजोर बताउका छन् । सैफले आफूलाई आफैंले २००९ मा दीपिका पादुकोणसँग गरेको फिल्म लभ आज कल धेरै मन परेको बताए । यद्यपि सैफले निर्देशक इम्तियाज अलीले गरेको प्रयोगको प्रशंशा गरेका छन् । उनले सारा र उनको रोलको लागि शुभकामना दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *