अमेरिकाले नेपालमा सैन्य अखडा निर्माणको आधार तयार पार्न एमसीसी अगाडि सार्यो : वैद्य
काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई बलियो बनाउने र चीनलाई घेरा हाल्ने हिन्द प्रशान्त रणनीतिको हिस्सा भएको जनाएको छ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले शनिबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले नेपालमा आफ्नो सैन्य अखडा निर्माणको आधार तयार पार्नका लागि एमसीसीलाई अगाडि सारेको उल्लेख गरेका छन्।
वैद्यले जारी गरेको विज्ञप्तिमा नेपाली जनतालाई ठूलो आर्थिक भ्रममा पारी सत्तापक्ष र प्रतिपक्ष दुवैले एमसीसीलाई संसदबाट अनुमोदन गराएर अमेरिकी सैन्य योजनालाई सफल पार्न जोड दिएको उल्लेख गरेका छन्।
वैद्यले स्थितिको गम्भीरतालाई आत्मसात गरी आफ्नो पार्टीले सार्वभौम मुलुकमाथि सैन्य अखडा निमार्ण गर्ने अमेरिकी योजनाको विरोध गर्ने जनाएका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment