टोटेनहमको गोलरहित बराबरी

डिसी नेपाल
४ माघ २०७६ २०:४२

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । शनिबार साँझ वाटफोर्डको घरेलु मैदानमा टोटेनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो।

घरेलु टोलीका ट्रोय डेनीको पेनाल्टी प्रहार असफल बनेपछि टोटेनहम हारबाट जोगिन पुग्यो । डेनीले लिगका पछिल्ला ६ खेलमा प्राप्त तीन पेनाल्टीलाई खेर फालेका छन् ।

वाटफोर्डसंग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ । पहिलो हाफ अगाडी बाटफोर्डका गोलकिपर बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए ।

बराबरी नतिजासंगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *