काँग्रेसले सूचना प्रविधि विधेयकको विरोधमा आज ७७ वटै जिल्लाबाट विरोधपत्र बुझाउँदै
काठमाडौँ । नेपाली काँग्रेसले आज सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट विरोधपत्र बुझाउने भएको छ ।
संसद्मा लामो समयदेखि सूचना प्रविधि विधेयकको विरोध गर्दै आएको नेपाली काँग्रेसले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम रहेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डिसीनेपाललाई बताए ।
गत पुस १७ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो।
सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिकको स्वतन्त्रता र गोपनियतासहितका मौलिक हकमा असर गर्ने भन्दै काँग्रेसले विधेयकको ९१ देखि ९४ सम्मका बुँदा हटाउनुपर्ने माग गर्दै आएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment