‘ब्राण्ड भ्यालु’ हेरेर ‘परदेशी २’ बनाउन लागेको होइन् : नारायण रायमाझी

डिसी नेपाल
५ माघ २०७६ १२:३९

काठमाडौं। मौलिक गीत गाएर लोक संगीतमा मात्र होइन् सफल फिल्म दिएर निर्देशकका रुपमा पनि स्थापित छन्, नारायण रायमाझी।

उनको निर्देशन रहेको ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बक्सअफिसमा रुचाईएका छन्। उनको निर्देशकीय पछिल्लो चलचित्र ‘परदेशी’ले बक्स अफिसमा ६ करोडभन्दा बढीको ब्यापार गरेको थियो। प्रशान्त तामाङ्ग, रजनी केसीको शीर्ष भूमिका रहेको यो चलचित्र २०७२ सालमा प्रदर्शनमा आएको थियो। वैदेशिक रोजगारको कथामा ‘परदेशी’ निर्माण भएको थियो।

रायमाझी अहिले ‘परदेशी २’को निर्माण तयारीमा छन्। चलचित्रमा चर्चित लोकदोहोरी गायक प्रकाश सपूत अभिनेताका रुपमा अनुबन्धित भैसकेका छन्। केही सातामा औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम लागेको छ।

नेपालमा सफल चलचित्रको सिक्वेल वा सिरिज निर्माण गर्नु नौलो कुरा होइन्। सफल चलचित्रको सिरिज/सिक्वेल बनाउने क्रम एक दशकअघिदेखि नै सुरु भएको हो। त्यो क्रम अहिले अझ मौलाएको छ। पहिलो चलचित्र हिट भएपछि त्यही नामको अर्को चलचित्र पनि दर्शकले रुचाउँछन, नामलाई स्थापित गराउन समय लाग्दैन् भन्ने सोँचले निर्माता/निर्देशक सिरिज/सिक्वेलतिर आकर्षित हुने गरेका छन्।

तर, नारायण रायमाझी परदेशीको नाममा नयाँ चलचित्र बनाउन लाग्नुको कारण त्यो नभएको बताउँछन्।

उनी आफ्नो अघिल्लो चलचित्रमा भन्न मन लागेका परदेशीका कथाहरु नसकिएकाले ‘परदेशी २’ बनाउन लागेको बताउँछन्। ‘परदेशी बनाउने समयमा परदेश जानेहरुका थुप्रै कथाहरु समेटन सकिन्’ उनले भने –‘म चलचित्रको ‘ब्राण्ड भ्यालु’कै कारण उही नाममा चलचित्र बनाउन लागेको होइन। नामले प्रमोशनमा केही अर्थ राख्ला तर मेरो चलचित्रको कथा परदेशीनेहरुकै हो। त्यो कथामा अरु नाम उचित देखिन्।’

उनी ‘परदेशी २’पछि पनि आफूसँग परदेशीका अन्य कथाहरु बाँकी रहने बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *