घुस लिएको अभियोगमा मुद्दा दायर

डिसी नेपाल
५ माघ २०७६ २२:३०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन योगी, असिस्टेन्ट सवइञ्जिनीयर तोरणबहादुर विष्टलाई ७७ हजार ७७५ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

आयोगले सडक निर्माण आयोजनाका अध्यक्ष डिम्बरबहादुर कामी, कोषाध्यक्ष कर्णबहादुर विक तथा सचिव अनिता विकविरुद्ध समेत समान बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले विष्णुपुर सशस्त्र प्रहरी बेसक्याम्प रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दारविरुद्ध मुद्दा दायर गरेको छ । घरायसी मालसामान आयातमा सहज गरिदिने भन्दै हवल्दार चौधरीले सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *