नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज (मंगलबार) बिहान ९ बजे बस्दैछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने दलको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने काँग्रेसले जनाएको छ ।

यसअघि कृष्ण बहादुर महरा सभामुख हुने समयमा काँग्रेसले उम्मेद्वार उठाएको थिएन ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नयाँ सभामुखमा अग्नि सापकोटालाई उमेदवार बनाएको छ ।

संसद् सचिवालयले आज बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि उम्मेदवारी दिने कार्यतालिका सार्बजनिक गरेको छ ।

सभामुखका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position