डिसी मेट्रो क्षेत्रमा नेपाली समुदायलाई थप संगठित गर्दै एनइसीसी

डिसी नेपाल
७ माघ २०७६ ९:१५

डिसी नेपाल
मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डस्थित नेपाली शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले सामाजिक, धार्मिक कार्यका माध्यमबाट डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबीच आपसी सहयोग र सद्भाव बृद्धि गर्न थप प्रयासहरु गर्ने निर्णय गरेको छ ।

जनवरी १९ मा गेथेसवर्ग मेरिल्याण्डमा सम्पन्न संस्थापक सदस्यहरु,चन्दादाताहरु, स्वयंसेवकहरु सहितको एउटा बृहत अप्रिसियेसन डिनर बैठकले डिसी मेट्रो क्षेत्रका विभिन्न शहरहरुमा बस्ने नेपाली समुदायलाई संगठित गर्न प्रत्येक शहरमा एक—एक जना संयोजक तोक्ने योजनाका बारेमा छलफल गरेको थियो ।

संस्थाका अध्यक्ष खिलेन्द्र न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा नेत्र घिसिङ्, पुरु घिमिरे र गोपाल मैनालीको प्यानलले छलफलमा उठेका विषयहरुको निष्कर्ष तयार गरी प्रस्तुत गरेको थियो भने अबैतनिक महावाणिज्यदूत प्रेमराजा महतले पशुपति बुद्ध मन्दिरमा भगवान शिवको मूर्ति स्थापनाका लागि मूर्ति निर्माणमा प्रगति भइरहेकोबारे बैठकलाई जानकारी दिएका थिए ।

एसैगरी उमेश निरौलाले कन्सट्रक्सन, सरोज प्रजापतीले बुद्ध पोडिएम, परशु तिमल्सिनाले देउसी-भैलो बाटको उपलब्धी, कुमार मैनालीले नेपाली पाठशालाको प्रगति भइरहेकोबारे बैठकलाई जानकारी दिएका थिए । छलफलका क्रममा मन्दिरका लागि आर्थिक संकलन कार्यमा देउसी भैलो कार्यक्रमले प्रभावकारी भूमिका खेलेको निष्कर्ष निकालिएको थियो ।

संस्थाका अध्यक्ष न्यौपानेले देउसी भैलोमा सहभागी कलाकारहरु र अन्य सबैमा संस्थाका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उनले मन्दिरका पुजारी खिलराज पण्डित, नेपाली पाठशाला टिम, व्यबस्थापन समूहका डा.महेन्द्र कार्की र कृष्ण निरौलासहित यसक्षेत्रमा कार्यरत डिसी नेपाल लगायतका नेपाली संचारमाध्यमहरुलाई पनि धन्यवाद ज्ञापन गरेका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *