फिल्महरु ब्याक–टू–ब्याक फ्लप भए पनि फिल्मको मोह छाड्न नसकेका १० बलिउड कलाकार

डिसी नेपाल
७ माघ २०७६ १०:२५

मुम्बइ। बलिउडमा सफलता हासिल गर्नु सजिलो छैन । यहाँ निकै कम कलाकार यस्ता छन् जसले बक्स अफिस र दर्शकको मनमा बलियो स्थान बनाउन सक्छन् । यहाँ कैयौं यस्ता कलाकार छन् जो ब्याक–टू–ब्याक फ्लप फिल्म दिएर पनि अभिनयमा डटिरहेका छन् । उनीहरुको उत्साह अझै मरेको छैन । दर्शकले अस्वीकार गरे पनि उनीहरु अझै हिट फिल्मको खोजीमा छन् ।

१. ज्याकलिन फर्नान्डिज: ज्याकलिनले लगातार कैयौं फ्लप फिल्म दिएकी छिन् । उनी सलमान खानको क्याम्पमा छिन् त्यसैले समालका कारण उनले बक्स अफिमा राम्रै कमाइ देख्न पाइरहेकी छिन् । सलमानँग गरेका बाहेक उनका अन्य कुनै पनि फिल्म हिट छैनन् ।

२. सनी सिंहः २०११ मा आफ्नो करिअर सुरु गरेका सनी सिंहले कैयौं फिल्ममा काम गरेका छन् तर करिअरको ९ वर्षमा उनका केवल २ फिल्मले राम्रो व्यापार गरेका छन् । प्यार का पंचनामा २ र सोनु की टिटु की स्वीटी बाहेक उनका सबै फिल्म फ्लप छन् । हालै रिलिज भएको उनको फिल्म जय मम्मी दी नराम्रोसँग फ्लप भयो ।

३. हिमेश रेशमियाः संगीतकार तथा अभिनेता हिमेश रेशमियाले संगीत क्षेत्रमा ठूलो सफलता हात पारेपछि अभिनयमा आएका हुन् । तर अभिनयमा उनी कमजोर देखिए । कमजोर अभिनयका कारण उनलाई धेरै पटक ट्रोल पनि गरियो । तर अभिनयका सौखिन हिमेशले हार मानेका छैनन् । ३१ जनवरीमा उनको फिल्म ह्याप्पी हार्डी एण्ड हीर रिलिज हुँदैछ ।

४. ज्याकी भगनानीः चर्चित निर्माता वासु भगनानीका छोरा ज्याकी भगनानीले अहिलेसम्म फिल्ममा सफल मुकाम हासिल गर्न सकेका छैनन् । उनी एक फ्लप हीरो बनेर रहेका छन् । ज्याकीको पछिल्लो रिलिज मित्रो नराम्रोसँग फ्लप भयो ।

५. सनी लियोनीः सनी प्रस्ट हिन्दी बोल्न सक्दिनन् तैपनि उनले बलिउडमा प्रयास गरिन् । आइटम गर्लको रुपमा उनी सफल रहिन् तर अभिनयमा सफलता पाउन सकिनन् । नीको अभिनय भएका फिल्म बक्स अफिसमा सफल हुन सकेनन् ।

६. तुषार कपूरः तुषार कपूरको करिअर पनि सफल हुन सकेन । रोहित शेट्टीको गोलमान सिरिज बाहेक उनका कुनै पनि फिल्म सफल हुन सकेका छैनन् । उनी मुख्य भूमिकाभन्दा सपोर्टिङ भूमिका र मल्टीस्टारर फिल्ममा मात्र देखिन्छन् ।

७. जरीन खानः सलमान खानको फिल्म वीरबाट डेब्यू गरेकी जरीन खानको करिअर पनि फ्लप साबित भयो । उनले पर्दामा आफ्नो बोल्ड इमेज पनि देखाइन् तर यसले पनि उनको करिअर सफल बनाउन कुनै सहयोग गरेन ।

८. उर्वशी रौतेलाः उर्वशीले फिल्ममा आफ्नो ग्ल्यामर त देखाइन् तर यसले उनलाई केही सहयोग गरेन । उर्वशीलाई दर्शकले आइटम नम्बरमा धेरै रुचाए । उर्वशीले कैयौं फिल्ममा काम गरिसकेकी छिन् तर सफलता पाउन सकेकी छैनन् ।

९. नीन नितिन मुकेशः नील नितिन मुकेशले आफ्नो करिअरमा कैयौं राम्रो प्रोजेक्ट पाए । उनी अभिनय पनि ठिकठाक नै गर्छन् । तैपनि उनको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

१०. सिद्धार्थ मल्होत्राः स्टुडेन्ट अफ द इयरबाट बलिउड डेब्यू गरेका सिद्धार्थका फिल्म पनि ब्याक–टु–ब्याक फ्लप भइरहेका छन् । सिद्धार्थले कपूर एण्ड सन्स पछि कुनै सफलता पाएका छैनन् । उनका कैयौं फिल्म फ्लप भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *