यस्तो बन्यो ‘लभ डायरीज’को ट्रेलर

डिसी नेपाल
७ माघ २०७६ ११:३६

काठमाडौं। भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरीज’को ट्रेलर सार्वजनिक गरिएको छ।

प्रेमकथा वाचन गर्ने चलचित्रको ट्रेलर कलरफुल छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेता सुशिल श्रेष्ठ र नव–अभिनेत्री रुविना थापाको माया प्रेम, रोमान्स र विछोड देखाईएको छ। यी दुईले बोकेका संवादलाई ट्रेलरमा स्थान दिईएको छ। लभस्टोरी चलचित्र रुचाउने दर्शकलाई ‘लभ डायरीज’मन पर्न सक्ने ट्रेलरले देखाउँछ।

सौरभ चौधरीको निर्देशन रहको चलचित्रमा मधु बास्तोलाको कथा तथा पटकथा छ। विनोद सापकोटाको यसमा लगानी रहेको छ।

साहिल खान सह–निर्देशक रहेको यो चलचित्रमा संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत तथा मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ।

सुशिल र रुविनाका अलावा चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ।

युवायुवतीबीचको माया–प्रेम र कमेडीलाई चलचित्रमा देख्न सकिने निर्देशक चौधरी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *