एनआरएनएको निर्वाचन र विश्व सम्मेलन अब एकैसाथ नहुने

डिसी नेपाल
७ माघ २०७६ १२:१९

पोखरा । गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन/आईसीसी) को निर्वाचन र विश्व सम्मलेन अब छुट्टा छुट्टै वर्ष हुने भएको छ । गण्डकी प्रदेशको पोखरा रुपाकोट रिसोटमा जनवरी १८ र १९ तारिख २ दिनसम्म बसेको संघको ‘फेस टु फेस मिटिङ’ ले पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघ, नेपाल सरकार र उधोग बाणिज्य महासंघले हरेक दुई वर्षमा काठमाडौमा एनआरएन विश्व सम्मेलन गर्दै आएको थियो । विश्व सम्मेलनसँगै गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको पनि निर्वाचन हुने गरेको थियो । संघको निर्वाचनका कारणले विश्व सम्मेलन प्रभावकारी हुन सकेको थिएन। प्रधानमन्त्री, राष्ट्रपती, परराष्ट्रमन्त्रीलगायत नेपाल सरकारका महत्वपूर्ण आोहदाका व्यक्तीहरुको उपस्थितिले गर्दा पुरै राष्ट्रिय मिडिया र राजनैतिक दलहरुको ध्यानाकर्षण विश्व सम्मेलन र निर्वाचन हुने गरेको थियो । यसले निर्वाचन प्रवाभित हुँदै आएको थियो ।

गत अक्टोबरमा सम्पन्न संघको नवौं सम्मेलनमा आएका गैरआवासीय नेपालीहरुले देखाएको उच्श्रृंखल व्यवहारका कारण एनआरएनएको निकै आलोचना भएको थियो । निर्वाचन स्थलमा पूर्व अध्यक्षहरुको प्रत्यक्ष सुपरिवेक्षण र सहभागिताका माझ पनि निर्वाचन अव्यवस्थित भएको थियो। सोही अनुभवलाई मनन गर्दै पोखरा बैठकमा विशेष छलफल गरेर अबदेखि पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष गर्न लागिएको बताइएको छ।

पोखरा वैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघका महासचिव डा. हेम राज शर्माले बताए ।

उनकाअनुसार २०२१ अक्टोबरमा संघको निर्वाचन मात्र हुने छ । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिने छ।संघले ‘फेस टु फेस मिटिङ’ मार्फत १४ बुँदे निर्णयहरु सार्वजनिक गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *