‘डलर’मा कार्टुन क्रुजसँग वर्षा राउत
काठमाडौं। मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको गीत सार्वजनिक गरिएको छ। ‘डलर’ बोलको गीतमा नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीत छ।
गीतको भिडियोमा आर्जन स्वयम्, वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ।
गायक आर्जन यस अघि ‘घाँटी भन्दा तल त राम्रै हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए। यस गीतमा भने उसको तारिफ भएको छ।
चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ।
मनोज बस्नेतको निर्माणमा बनेको ‘डलर’ गीतको भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा हेर्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment