प्रथम मदन भण्डारी क्रिकेट च्याम्पियनसिपका विजेतालाई पुरस्कार वितरण

डिसी नेपाल
७ माघ २०७६ १६:२२

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप – २०१९’ का विजेतहारुलाई पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई गत आइतबार सामुदायिक भवन,एन्ड्रियुज गन्ज, नयाँ दिल्लीमा इन्द्रेणीको विशेष सांस्कृतिक प्रस्तुती सहितको एक कार्यक्रमकाबीच नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्रि तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डेले पुरस्कार वितरण गरेका हुन् ।

गएको डिसेम्बर १९ तारिखदेखि तीन दिन सम्म चलेको टि–२० क्रिकेट प्रतियोगिता विनय मार्ग स्पोर्ट कम्प्लेक्स्, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिएको थियो ।

जम्मा आठ टिम सहभागी खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउदै युनाइटेड मधेसी नेपाल–ग्लाइडेटर ९युएमओएन० ले उपाधी जीतेको छ । त्यस्तै साउथ एसियन युनिभर्सिटीको टिम रनरअप भएको थियो ।

कार्यक्रममा विशेस अथितिहरुका रुपमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र नेपाली राजूतवास नयाँ दिल्लीका डीसीएम भरत कुमार रेग्मी लगायत थिए ।

समारोहमा बोल्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारत र नेपाल बीचको सम्बन्ध अझै मजबुत हुने बताए । उनले भने ‘यस्तो खेलकुद आयोजनाले नेपालको इज्जत प्रतिष्ठा अझ मजबुत बनाउन सहयोग गर्छ।’ त्यस्तै पूर्व परराष्ट्रमन्त्री तथा मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य महेन्द्र बहादुर पाण्डेले मुलुकको भबिस्य निर्माण गर्ने सबै बिद्यार्थी तथा विजय हुने खेलाडीहरुलाई बधाई तथा प्रगतिको कामना व्यक्त गरे ।

कार्यक्रममा इन्द्रेणी टिमले विशेष सांस्कृतिक प्रस्तुती दिएको थियो । इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलसहितको १७ जना कलाकारहरुको टिम सहभागी थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *