धादिङमा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना ६ जनाको मृत्यु

डिसी नेपाल
८ माघ २०७६ ०:०७

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका–८ मा दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

धादिङ प्रहरीका अनुसार दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन लागिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *