धादिङमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

डिसी नेपाल
७ माघ २०७६ १९:५७

काठमाडौं । मंगलबार साँझ धादिङको निलकण्ठ ८ मा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

उनका अनुसार घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । केही घाइते भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रहरीका अनुसार उक्त ट्रकमा २५ जना सवार थिए । मृत्यु हुनेहरूको सनाखत भइनसकेको प्रहरीले बताएको छ। ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *