स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु

डिसी नेपाल
७ माघ २०७६ २१:२१

सप्तरी । स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी मंगलबार अपराह्न मृत्यु भएको छ ।

काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *