नयाँ नेपाली चलचित्र ‘किर्ति’को शुभ मुहूर्त
काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘किर्ति‘ को मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरिएको छ। राजु गिरि प्रोडक्सन प्रा.लि. र सिक्किम फिल्मस प्रा.लि. को संयुक्त प्रस्तुतीमा किर्ति निर्माण हुन लागेको हो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा वरिष्ठ सौन्दर्यविद् सीता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, कलाकार सुदर्शन आचार्य लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला र कलाकार सावित्रा चिलुवाल लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर शुभ मुहूर्त गरे ।
चाडैनै दार्जीलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र ‘किर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्रि, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरि (काली बुढि) छनौट भएका र अन्य कलाकारहरु सिक्किम बाटनै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए।
चलचित्र ‘किर्ति ‘का प्रस्तुतकर्ता नबिन पाख्रिन हुन भने निर्देशक राजु गिरी, निर्माता दावा गुरुङ, संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियो ग्राफर रामजी लामिछाने रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment