साउदीको रियादमा मनाइयो सोनाम ल्होछार

डिसी नेपाल
८ माघ २०७६ १६:२७

रियाद । साउदी अरबको राजधानी रियादमा २८५६ औं सोनाम ल्होछार मनाइएको छ । अल नुर्मास सभाहलमा तामाङ एकता समाज साउदी अरबले वृहत सांस्कृतिक कार्यक्रमका साथ सोनाम ल्होछार मनाएको हो ।

कार्यक्रम राम लामाको सभापतित्व तथा  साउदी अरबका लागि नेपाली राजदूत प्राध्यापक डा महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपालको राष्ट्रिय धुन र राज यात्रीको बाँसुरीको धुनसँगै दीप प्रज्वलन गरेर उद्‌घाटन गरिएको कार्यक्रममा लगत्तै नेपाल  भ्रमण वर्ष २०२० लाई पार्नको लागि VISIT NEPAl 2020 अंकित अक्षरलाई कार्यक्रम म~rमा देखाएर पर्यटन वर्षको प्रचार गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत  राजपुतले विदेशमा आफ्नो मौलिक संस्कृतिको जगेर्ना गरेकोमा खुसी व्यक्त गर्दै सोनाम ल्होछारको शुभकामना दिएका थिए। उनले समृद्धि नेपालको नारालाई सफल पार्न सबैको योगदान उत्तिकै रहेकोले भ्रमण वर्षलाई सफल बनाउनको लागि सबैको साथको लागि आह्वान समेत गरेका थिए।

कार्यक्रममा एनआरएनए मध्यपूर्व उप संयोजक जोन अर्याल, नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति दीपक रेग्मी, अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने र अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल लगायतले सोनाम ल्होछारको शुभकामना दिएका थिए । त्यस्तै तामाङ समुदाय तथा बौद्ध धर्माबलम्बीहरूको  पर्व सोनाम ल्होछारको बारेमा लाल बहादुर लामाले प्रस्ट पारेका थिए।

अनौपचारिक कार्यक्रममा आयोजकको तर्फबाट सामूहिक नृत्य प्रस्तुत गरेसFगै दोश्रो चरणको कार्यक्रम अगाडि बढाइएको थियो ।औपचारिक कार्यक्रमको सागर लामाले सञ्चालन गरेका थिए भने अनौपचारिक कार्यक्रमको लामा र नगेश तामाङले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा करिब ८ सय जना दर्शक सहभागी थिए ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *