‘ए मेरो हजुर ४’मा अनमोल–सुहानासँगै सलोन पनि

डिसी नेपाल
८ माघ २०७६ १६:४५

काठमाडौं। ‘ए मेरो हजुर ४’मा अभिनेता सलोन बस्नेत अनुबन्धित भएका छन्। यसअघि ‘ए मेरो हजुर २ र ३’मा रहेका सलोन ‘मेरो हजुर ४’ मा पनि रहने भएका हुन्।

यो चलचित्रमा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन्। सलोनलाई अनमोलको साथीको रुपमा दर्शकले देख्न पाउनेछन्। यसअघि ‘ए मेरो हजुर ३’मा पनि अनमोल, सुहानासँगै सलोन शीर्ष भूमिकामा थिए।

निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’मा सलोनलाई अनुवन्धित गरेको जानकारी दिँदै फागुण १३ गतेबाट चलचित्र छायांकनमा जाने बताइन्।

मुख्य नायकको रुपमा त्यति सफल नदेखिएका सलोन सहायक अभिनेताको रुपमा अभिनय गरेका चलचित्र भने धेरै हिट छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *