मोटरसाइकल चोरी गर्ने पक्राउ

डिसी नेपाल
८ माघ २०७६ १८:०८

विराटनगर । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई इप्रका अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *