‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक

डिसी नेपाल
१० माघ २०७६ १४:०९

काठमाडौं। माघ १७ गते रिलीज हुने नेपाली फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ।

गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ। गीतका रचनाकार मानस बिक्रम थापा हुन्। गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्।

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह–निर्माताको रुपमा छन्।

फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो। फिल्ममा जय र संगीतासँगै परमिता आर. एल. राणा, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, अनुप सक्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ। ‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो। फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन्।

‘दि कर्मा’ नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताए। अर्का निर्माता श्रीदेवका अनुसार यो फिल्म नेपाल रिलीजसँगै अन्य मुलुकहरुमा पनि रिलिज हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *