युट्युबमा हिट कलाकार एउटै म्युजिक भिडियोमा (भिडियो)

डिसी नेपाल
१० माघ २०७६ १९:२६

काठमाडौँ । वेभ सिरिजबाट लोकप्रियता कमाएका कलाकारहरु एउटै म्युजिक भिडियोमा देखिएका छन्। मेलिना राई र हिमाल सागरको स्वर रहेको गीतको भिडियोमा सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिसा बजगाईं, सरोज ओली एकैसाथ देखिएका हुन् ।

‘मेरी पुतली’ बोलको म्युजिक भिडियो ‘गज्जब क्रु’ को पहिलो प्रस्तुति हो । दिपक शर्माको संगीत, घनश्याम ओलीको शब्द रहेको गीतको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेकोे भिडियोलाई अमन मानन्धरले सम्पादन र रेनिश फागोले रंग संयोजन गरेका छन्।

हेर्नुहोस् भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *