आमिर खानसँग काम गरिसकेकी हिरोइनले गरिन् आत्महत्या

डिसी नेपाल
११ माघ २०७६ १०:२९

मुम्बइ। टिभी सिरियल ‘दिल तो ह्याप्पी है जी’की अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छिन् । सेजललाई यो सिरियलमा सिम्मी खोसलाको भूमिकाको लागि चिनिन्छ । सेजलले आत्महत्या गर्नुको कारण अझै प्रस्ट भएको छैन । उनको निजी जिन्दगीमा समस्या भएकोले उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । सेजल शर्मा उदयपुरकी हुन् ।

सेजलले भिभो मोवाइल फोनको एक विज्ञापनमा बलिउड सुपरस्टार आमिर खानसँग काम गरिसकेकी छिन् । यसबाहेक उनले दर्जनौं विज्ञापन र वेब सिरिजमा काम गरेकी छिन् । उनले आजाद परिन्दे नामक वेब सिरिजमा पनि काम गरेकी थिइन् । सेजलसँगै सिरियलमा काम गरिरहेका अभिनेता अरु सी वर्माले सेजलले आत्महत्या गरेको पुष्टि गरेका छन् । यो सिरियलमा अरुले सेजलका दाजुको भूमिका गरिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *