फ्यानले सोधे–‘फिल्म फ्लप भइरहेका छन्, कस्तो लागिरहेको छ?’ शाहरुखले दिए यस्तो जवाफ

डिसी नेपाल
११ माघ २०७६ ११:००

मुम्बइ। शाहरुख खान विगत १ वर्षदेखि कुनै पनि फिल्ममा देखिएका छैनन् । २०१८ मा उनको पछिल्लो फिल्म जीरो रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । एक वर्ष बितिसकेको छ तर शाहरुले कुनै पनि फिल्म घोषणासमेत गरेका छैनन् । यही बीचमा शाहरुखले फ्यानहरुसँग ट्वीटरमार्फत कुरा गरे । उनले फ्यानहरुसँग जुनसुकै प्रश्न सोध्न भनेका थिए ।

प्रश्न सोध्नेमध्ये २० जनाको प्रश्नको शाहरुखले जवाफ दिए । यीमध्ये एक बाबा बवंडरनाथ नामको ट्वीटर ह्याण्डलबाट सोधिएको थियो ‘सबै फिल्म फ्लप भइरहेका छन्, कस्तो लागिरहेको छ ?’ शाहरुखले यो प्रश्नको जवाद निकै सन्तुलित रुपमा दिए । उनले एक फिल्मको डाइलग लेखे ‘बस दुआ में याद रखना ।’ शाहरुखको यो जवाफपछि केही फ्यानले शाहरुखले प्रश्न टारेको टिप्पणी गरेका छन् भने केही शाहरुखको जवाफसँग सहमत देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *