अजयको ‘तानाजी’ २०० करोड पार, दीपिकाको ‘छपाक’को बेहाल

डिसी नेपाल
११ माघ २०७६ ११:४७

मुम्बइ। अजय देवगनको फिल्म तानाजी १५ औं दिन पनि बक्स अफिसमा छाइरहेको छ । फिल्म तेस्रो हप्तामा प्रवेश गरेको छ र यसको पकड कायमै छ । यही शुक्रबार अन्य २ फिल्म बरुण धवनको स्ट्रिट डान्सर र कंगना रनौतको पंगा रिलिज भएका छन् ।

तानाजीले पहिलो हप्ता ११८.९१ करोड र दोस्रो हप्ता ७८.५४ करोडको कारोबार गरेको थियो । शुक्रबार ५.२७ करोड कमाएसँगै यसको कारोबार २०० करोडमाथि पुगेको छ । तानाजी २०२० मा २०० करोड कमाउने पहिलो फिल्म बनेको छ । यो विकेण्डमा फिल्मले अझै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । तानाजीमा अजय देवगन, सैफ अली खान र काजोल मुख्य भूमिकामा छन् । फिल्मको लागत ११० करोड र प्रमोसन तथा प्रिन्ट खर्च १५ करोड गरी कूल बजेट १२५ करोड भएको बताइएको छ ।

एकै दिन रिलिज भएको दीपिका पादुकोणको छपाकको भने बक्स अफिसमा बेहाल भएको छ । रिलिजपूर्व निकै चर्चामा रहे पनि छपाक बक्स अफिसमा भने पछारिएको छ । पहिलो हप्ताको ढिलो रफ्तारपछि फिल्म दोस्रो हप्तासम्म टिक्न कठिन देखिएको थियो । तेस्रो हप्तामा छपाक धेरैजसो सिनेमाघरबाट उत्रिएको छ । फिल्मले कूल ३५ करोडको बिजनेस गरेको छ । फिल्मको लागत पनि ३५ करोड नै भएको बताइएको छ । प्रचार र प्रिन्टमा १० करोड खर्च गरी कूल ४५ करोडमा बनेको फिल्मले लगानी पनि उठाउन सकेको छैन । फिल्ममा दीपिका पादुकोण र विक्रान्त मेसी मुख्य भूमिकामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *