भारतमा आयोजना हुने टी–२० विश्वकप पाकिस्तानले बहिस्कार गर्ने!

डिसी नेपाल
११ माघ २०७६ १९:४३

एजेन्सी । पाकिस्तानले आगामी बर्ष सन् २०२१ मा भारतमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप बहिष्कार गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी वसिम खानले सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत सहभागि नभए अर्को वर्ष भारतमा हुने टी–२० विश्वकपमा आफूँहरु पनि सहभागि नहुने बताएका हुन्।

भारतले पाकिस्तानमा एसिया कप आयोजना भएको खण्डमा सहभागिता नजनाउने भन्ने खबर बाहिर आएपछि खानले भारतले एसिया कपमा पाकिस्तान भ्रमण नगरेमा पाकिस्तानले पनि विश्वकप नखेल्ने जनाएका हुन् ।

‘एसिया कप पाकिस्तानमा आयोजना गर्ने निर्णय पाकिस्तानको हैन न यो आईसीसीले नै भनेर भएको हो । कुन देशमा गर्ने भन्ने निर्णय एसीसीको हो र एसीसीले नै पाकिस्तानमा आयोजना गर्ने भनेर निर्णय गरेको हो,’ खानले भने ।

‘हामीहरुले एसिया कप दुई स्थानमा खेलाउने भनेर तयारी गरिरहेका छौं । तर यदि भारतले पाकिस्तानमा एसिया कप नखेल्ने हो भने हामी पनि भारतमा विश्वकप खेल्न जादैनौं ।’

पाकिस्तानमा नखेल्ने भारतले आफ्नो निर्णयमा कुनै परिवर्तन नगरे पछि पाकिस्तानबाट एसिया कप खेलाउने निर्णयबाट एसीसी पछि हटेको र अब पाकिस्तानको सट्टामा बंगलादेशलाई एसिया कपको जिम्मा दिने हल्ला आए पछि खानले आफ्नो धारण राखेका हुन् ।

सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमला पछि भारत र पाकिस्तान अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) ले आयोजना गर्ने प्रतियोगिता बाहेक अन्य प्रतियोगितामा एक आपसमा खेलेका छैनन् । त्यस्तै एसीसीले आयोजना गर्ने यु१९ देखि ईमर्जिङ टिम्स कप पनि पाकिस्तानमा आयोजना गर्ने भनिएको प्रतियोगिता पनि अन्य देशमा आयोजना गर्ने गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *