कोरियामा व्याकुल माइला सम्मानित

डिसी नेपाल
१२ माघ २०७६ १०:४७

सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ।

कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठन, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन्।

उनी कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गर्न आएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै माइलाले कोरियामा कार्य व्यस्तताको बाबजुद पनि स्रष्टाहरु सिर्जना, साहित्य साधनामा जुटेको र आफुले उत्कृष्ट रचना सुन्न पाएकोमा खुशी व्यक्त गरे ।

कोरियामा रहेका सर्जक र सिर्जनालाई मुलधारले समेट्न सक्नुपर्ने बताए।

कार्यक्रमका संयोजक तथा साहित्यकार मिलन कान्छा किराँतीले गोरखा बहादुर कविता सुनाउँदै कार्यक्रममाथि प्रकाश पारेका थिए ।

इतर आवाज साहित्य समाजका अध्यक्ष तथा कवि पराजित पोमुले सभापतित्व गर्नु भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य नेपाल मुक्तक प्रतिष्ठनका अध्यक्ष तथा मुक्तककार रामचन्द्र शर्मा र कार्यक्रम सञ्चालन अन्तराष्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा कवि सरोज सर्वहाराले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *