फिल्म ‘ताकतवर’मा सविनको एक्सन, यस्तो बन्यो ट्रेलर
काठमाडौं। सविन श्रेष्ठ अभिनित फिल्म ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
जि.आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतीमा तयार यस फिल्मले प्रेम र एक्सनको भाव प्रस्तुत गर्छ।
गजेन्द्र रज्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार फिल्ममा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सह–निर्माताका रूपमा रहेका छन्।
फिल्ममा सविनका अलावा धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतको अभिनय छ।
रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ।
सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्र डी. गुरूङको सम्पादन रहेको छ। फिल्मको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो सातासम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment