युएई आएको १ महिनामा नेपाली युवाले दुर्घटनामा ज्यान गुमाए

दुबई । युएईमा सडक दुर्घटनामा परेर एक नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार बेलुका हत्ता मुजेरा मदिना सुपरमार्केट अगाडि बाटो काट्ने क्रममा लरीले ठक्कर दिँदा दार्चुलाका २८ वर्षीय रमेश कामीको मृत्यु भएको हो।

उनलाई शनिबार बेलुका करिब साढे ६ बजेको समयमा ओमनबाट दुबई तर्फ आइरहेको भारी लरीले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । रमेशको घटनास्थलमै ज्यान गएको उनको चिनजानमा रहेका साथी प्रमोद तामाङले डिसी नेपाललाई जानकारी दिए ।

रमेश नेपालबाट एक महिना अघिमात्रै युएई आएका थिए। उनी दुबईमा रहेको क्लेन्को कम्पनीमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएका थिए । उनको शवलाई अहिले पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ।

घटनाको बारेमा प्रमोदले नै आबुधाबीस्थित नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

मृतक रमेश विवाहित हुन् । उनको एक छोरासमेत छन् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position