मिडियामा छाएको थियो आत्महत्याको खबर, सेजल शर्माले इन्स्टाग्राममा ‘म जिउँदै छु’ लेखेपछि…

डिसी नेपाल
१२ माघ २०७६ १२:३७

मुम्बइ। कहिलेकाहीँ नामकै कारण सामाजिक संजालमा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । हिजो भारतमा यस्तै भएको छ । भारतीय टिभी सिरियल ‘दिल तो ह्याप्पी है जी’ की अभिनेत्री सेजल शर्माले शुक्रबार मुम्बइको मीरा रोडस्थित आफ्नो निवासमा आत्महत्या गरिन् । उनको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो । मूल रुपले राजस्थानको उदयपुरकी सेजल २०१७ मा मातापिताको अनुमति बिना मुम्बइ आएकी थिइन् । उनले सुसाइड नोटमा आफ्नो आत्महत्याको कारण डिप्रेशन बताएकी छिन् ।

उनको मृत्युको खबर सुन्नासाथ फ्यानहरु दुखी भए र इन्स्टाग्राममा उनको नामबाट बनेको अकाउन्टमा कमेन्ट गर्न थाले । तर फ्यानहरुले झुक्किएर उही नाम भएकी अर्की हिरोइनको अकाउन्टमा श्रद्धाञ्जली दिन थालेपछि भने कुरा बिग्रियो । सेजल शर्मा नामकी अर्की अभिनेत्री पनि छिन् र उनी सकुशल छिन् । तर, फ्यानले आफू सकुशल नै रहेको अवस्थामा श्रद्धाञ्जली दिन थालेपछि भने उनलाई तनाव भयो र उनले सामाजिक संजालमै सफाइ दिनुपर्यो ।

उनले सामाजिक संजालमा लेखिन् ‘हेलो, म आफ्ना सबै मित्र र फ्यानहरुलाई यो बताउन चाहन्छु कि म जीवित छु । म अभिनेत्री सेजल शर्माको आत्महत्याको खबरले दुखी छु । म सबैसँग बिन्ती गर्छु कि यदि तपाइँ जीवनमा दुखी र डिप्रेसनको शिकार हुनुहुन्छ भनेमृपया मृत्युलाई नअंगाल्नुहोस् । आत्महत्या कुनै समस्याको समाधान होइन । म सामाजिक संजालद्वारा आफ्नो फोटो प्रयोग गरिएकोमा पनि असन्तुष्ट छु । उनीहरुले यस्तो गर्दा मेरा आफन्तहरुमा निकै कठिन स्थिति आएको थियो ।’ यी सेजलले केही पंजाबी र बलिउड फिल्ममा काम गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *