कोरियामा नेपाली साहित्यको मेला

डिसी नेपाल
१३ माघ २०७६ ९:५३

डिसी नेपाल
सौल, कोरिया । नेपाली साहित्यका कविता, गजल र मुक्तकलाई एउटै मञ्चबाट प्रस्तुत गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) कोरियाले बृहत् साहित्य मेला गरेको छ । माघ ११ गते शनिवार राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सम्पन्न सो कार्यक्रममा कोरियन चाड सलनालको अवसरसमेत जोडी काव्य—सुधाअन्र्तगत नौजना श्रष्टाहरुले विशेष रचना बाचन गरेका थिए ।

मिलनकान्छा किरांती,शकुन आंशु, गंगा बस्नेतले कविता, जीवन भण्डारी, कमल बाछिटे र सुमन तिमल्सिनाले गजल र रामचन्दै शर्मा,अर्जुन लामा र सुुशील अर्यालले मुक्तक वाचन गरेका थिए । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु संग्रह ‘अनुदित आंखाहरु’को लोकार्पण गरिएको थियो ।
मुलुकले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०, जीवन दर्शन, राजनीति, डायस्पोराको जीवनजस्ता विषयहरु समेटिएका रचनाहरुले ५ घण्टासम्म सहभागीहरुलाई साहित्यिक खुराक दिएका थिए । बीचबीचमा प्रस्तुत गरिएका श्रृंगारिक मुक्तकहरुले बेग्लै मनोरन्जन दिएको थियो ।


समाजसेवी जुनु गुरुंगको प्रमुख आतिथ्यमा र कोरियास्थित नेपालीका विभिन्न संस्थाका पदाधिकारीहरुको आतिथ्यमा तथा अनेसास कोरियाका उपाध्यक्ष डीआर न्यौपानेको संचालन तथा अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रस्तोता साहित्यकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *