यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला, विज्ञानले पनि स्वीकार गरिसकेको छ

डिसी नेपाल
१४ माघ २०७६ १३:१७

काठमाडौं। गिनिज बुक अफ वर्ल्ड रेकर्डस र फोर्ब्स जस्ता संथान विश्वका सबैभन्दा उत्कृष्ट विकल्पलाई रोजेर शीर्ष १० को सूची बनाउँछन् । तर तपाइँले कहिल्यै सोच्नुभएको छ, यी संस्थानले सबैभन्दा सुन्दर महिलाको सूची किन बनाउँदैनन् ? किनकि मानिसको सुन्दरताको मूल्यांकन गर्नु सजिलो छैन । यसमा सबैभन्दा पहिलो प्रश्न यो हो कि महिलाको सुन्दरताको मापन कुन आधारमा गर्ने ? किनकि व्यक्तिपिच्छे सुन्दरताको मन्यता फरक हुन्छ ।

लण्डनमा रहेको एड्भान्स्ड फेसियल कस्मेटिक एण्ड प्लास्टिक सर्जरीकी प्रबन्ध निर्देशकजुलियन डिसिल्भाले यो कडीलाई सुल्झाउने सूत्र पत्ता लगाएकी छिन् । फाइ रेसियो एक ग्रिक अवधारणा हो । यसमा कम्प्युटरमा आधारित रहेर अनुहारको नक्सांकनको माध्यमले सबैभन्दा उत्तर अनुहारको अनुपातबारे पत्ता लगाउन सकिन्छ । जसबाट सुन्दरताको मापन गर्न सकिन्छ । जुलियनले यसलाई ‘गोल्डेन रेसियो स्कोर्स’ नाम दिएकी छिन् । यसले अनुहारको अनुपातको आधारमा सबैभन्दा सुन्दर महिलाबारे बताउँछ । यसको आधारमा जुलियनले विश्वका सबैभन्दा सुन्दर १० महिलाको सूची पनि तयार पारेकी छिन् ।

१०. यो सूचीको दशौं स्थानमा बेलायतकी मोडल, अभिनेत्री तथा गायिका कारा डेलेभिंगले छिन् । जुलियनको गोल्डेन रेसियो स्कोर्समा उनको स्कोर ८९.०० प्रतिशत छ ।

९. ‘रोअर’, ‘डार्क हर्स’ जस्ता गीतबाट चर्चित बनेकी अमेरिकी गायिका केटी पेरी यो सूचीमा ९ औं स्थानमा छिन् । गोल्डेन रेसियोमा उनको स्कोर ९०.०८ प्रतिशत छ ।

८. अमेरिका र इजरायलको नागरिकता प्राप्त गरेकी अमेरिकी अभिनेत्री नताली पोर्टम्यान यो सूचीको आठौं स्थानमा छिन् । उनको स्कोर ९०.५१ प्रतिशत छ ।

७. ‘एभेन्जर्स’ र ‘लुसी’ जस्ता फिल्ममा दमदार अभिनय प्रस्तुत गर्ने अमेरिकी अभिनेत्री स्कार्लेट जोन्सन सूचीको सातौं स्थानमा छिन् । उनको स्कोर ९०.९१ प्रतिशत छ ।

६. मोडलिङपछि व्यवसायमा सक्रिय भएकी बेलायतकी केट मस ९१.०५ प्रतिशत स्कोरका साथ सूचीको छैटौं स्थानमा छिन् ।

५. अमेरिकी प्रसिद्ध गायिका टेलर स्विफ्ट सुन्दरताको हिसाबमा धेरै अगाडि पुग्दै पाँचौं स्थानमा छिन् । उनको स्कोर ९१.६४ प्रतिशत छ ।

४. अमेरिकाकी अर्की लोकप्रिय गायिका एरियाना ग्राण्डे सूचीको चौथो स्थानमा छिन् । उनको स्कोर ९१.८१ प्रतिशत छ ।

३. अमेरिकाकै मोडल तथा अभिनेत्री एम्बर हर्डले गोल्डेन रेसियोका ९१.८५ प्रतिशत स्कोर गर्दै सूचीको तेस्रो स्थान हासिल गरेकी छिन् ।

२. दोस्रो स्थानमा अमेरिकी गायिका बियोन्से छिन् । उनको स्कोर ९२.४४ प्रतिशत छ ।

१. सूचीको पहिलो स्थानमा अमेरिकी मोडल बेला हदीद छिन् । संसारकै सबैभन्दा सुन्दर मानिएकी उनको स्कोर ९४.३५ प्रतिशत छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *