नेकपा बैठकः ५ समूहले धारणा राखे

डिसी नेपाल
१७ माघ २०७६ १७:३९

काठमाडौं। काठमाडौंमा जारी सत्तारुढ दल नेकपा (नेपाल कम्युनिष्ट पार्टी)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल जारी रहेको छ।

बैठकको तेस्रो दिन शुक्रबार ४ वटा समूहले आफ्नो प्रस्तुति दिएका छन्। प्रचार विभाग उपप्रमुख सूर्य थापाले समूह नम्बर २, ३, ६, ९ र १३ ले प्रस्तुति दिएको बताए। उनले शुक्रबार ४ समूहले प्रस्तुति दिएको उल्लेख गर्दै बाँकी समूहले शनिबार प्रस्तुति दिने बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिब विष्णु पौडेलले पेश गरेको विधान संशोधन सम्बन्धी प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि विभिन्न १५ वटा समूह बनाएर छलफल भइरहेको छ।

खास गरी अमेरिकी सहयोग एमसीसीबारे नेकपाले के निर्णय गर्छ भन्ने सबैतिर चासो बढेको छ। नेकपा नेतृत्वको सरकार एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा छ भने नेता माधवकुमार नेपाल समूह र पूर्व माओवादीका केही नेताहरु एमसीसीको विरोधमा रहेकाले सत्तारुढ दल भित्रै विवाद छ। त्यसैले नेकपाले गर्ने निर्णयप्रति चासो बढेको हो।

बैठकमा नेताहरुले एमसीसीबारे कस्तो धारणा राखेका छन् भन्ने विषयमा थापाले केही बताउन चाहेनन्।

उनले तेस्रो दिन प्रदेश कमिटी अध्यक्षहरूद्वारा रिपोर्टिङ शुरू भएको समेत बताए। प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का अध्यक्ष प्रभु साह, वागमती प्रदेशकाअध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सुदूर पश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापा, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा. राजन भट्टराई र प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईको रिपोर्टिङ गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *