पर्वत समाज अमेरिकाले नयाँ कार्य समितिलाई पद हस्तान्तरण गर्दै

डिसी नेपाल
१७ माघ २०७६ २०:२५

वाशिङ्टन। सामाजिक सेवामा सक्रिय संस्था पर्वत समाज अमेरिकाले नयाँ कार्य समितिको पद तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रमको आयोजना गर्ने भएको छ।

सांगितिक कार्यक्रम सहितको यो जमघटमा ,नेपालीहरुबीच नयाँ बर्ष २०२० को शुभकामना साटासाट गर्ने कार्यक्रम रहेको संस्थाका बर्तमान महासचिव रमेश सुबेदीले डिसी नेपाललाई जानकारी गराए।

यो कार्यक्रम मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य ह्यारी भण्डारीको प्रमुख आतिथ्यमा ,यही फेब्रुअरी २ तारिख आइतवार सम्पन्न हुनेछ। सो कार्यक्रममा ख्यातिप्राप्त गायक भगवान भण्डारी, चर्चित गायिका शान्ति भण्डारी, चर्चित गायक तथा संकलक उदय भट्टराईलगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

नेपालको पर्वत जिल्लाबाट अमेरिका आएर बिभिन्न ब्यापार ब्याबसाय तथा जागिरमा संलग्न भएका पर्वतबासिहरुको संस्था पर्वत समाज २०१२ मा स्थापना भएको हो। यो संस्थाले सामाजिक सेवामा आफ्ना गतिबिधिहरु सञ्चालन गर्दै दिन दुःखिहरुको सेवामा लागिपरेको छ।

मिति : फेब्रुअरी २ तारिख आइतवार साँझ ७ बजे।

स्थान : 1030 light Street Baltimore MD 21030 Himalayan bistro




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *