बेलायतमा एकैसाथ २ जना कोरोना संक्रमित फेला
फाइल फाेटाे।
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बेलायतमा पनि फेला परेको छ ।
शुक्रबार दुई जनामा संक्रमण भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेसँगै कोरोना भाइरस बेलायतमा पनि देखा परेको हो।
उनीहरुलाई त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवा केन्द्रको निगरानीमा राखिएको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरुले उनीहरुको सम्पर्कमा रहेका हुनसक्ने अन्य मानिसहरुको पनि पहिचान गरिरहेको पनि जनाइएको छ।
यता अर्को युरोपेली मुलुक जर्मनीमा पनि भाइरसबाट संक्रमित हुनेको संख्या ५ पुगेको छ।
जर्मनीको दक्षिणी राज्य बेभरिया कोरोना भाइरसको नयाँ बिरामी भेटिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment