कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३०४ पुग्यो, १४ हजार बढी संक्रमित

डिसी नेपाल
१९ माघ २०७६ ८:५१

काठमाडौँ । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसबाट आइतबार बिहानसम्म ज्यान जानेको संख्या ३ सय ४ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म १४ हजार ३ सय ८० जना संक्रमित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

वुहान शहरबाट हालसम्म ३ सय ३० जना संक्रमितहरु पूर्ण उपचारपछि घर फर्किएको चाइना डेलीले जनाएको छ।

अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई निगरानीमा राख्न थालेका छन् भने रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन्।

विश्वका धेरैजसो देशहरुले आफ्ना सीमा नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् । नेपालले पनि झापा, तातोपानी र रसुवागढी नाकामा कोरोना भाईरसको जाँच डेक्स स्थापना गरेको छ।

कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।

बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपत्‌कालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *