कोरोनाभाइरसको प्रकोप रोक्न प्रयासरत यी वैज्ञानिक जो दिनमा केवल २ घण्टा सुत्छिन्

डिसी नेपाल
२१ माघ २०७६ १२:११

काठमाडौं। एक महिला वैज्ञानिक कोरोनाभाइरसको प्रकोपबाट मानिसहरुलाई बचाउन दिनरात लगातार काम गरिरहेकी छिन् । स्कटल्याण्डकी यी वैज्ञानिक केट ब्रोडरिक कोरोनाभाइरसबाट बच्नको लागि भ्याक्सिनको आविष्कार गर्ने काममा लगातार प्रयासरत छिन् । द टाइम्सको रिपोर्ट अनुसार ब्रोडरिक अहिले रातमा केवल २ घण्टा सुत्न पाउँछिन् ।

ब्रोडरिक करिब २० वर्षदेखि खतरनाम रोगबाट बचाउने भ्याक्सिन आविष्कार गर्ने काम गरिरहेकी छिन् । उनले इबोला भाइरस, जीका भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रयासमा सफलता पनि पाइन् । डा. ब्रोडरिक भन्छिन् ‘मलाई लाग्छ ममाथि ठूलो जिम्मेवारी आएको छ कि म यो औषधी आविष्कार गर्ने काम छिटो पूरा गरुँ ।’ उनी अहिले मुसा र सुँगुरमा भ्याक्सिनको परीक्षण गरिरहेकी छिन् ।

डा. ब्राडरिक आफूले जीवनभर बदलाव ल्याउने काम गरिरहेको बताउँदै अब कुनै पनि हालतमा कोरोना भाइरसबाट बच्ने भ्याक्सिन आविष्कार गर्ने बताउँछिन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियासँग काम गर्ने डा. ब्रोडरिकसँग अनुसन्धानको लागि एक टिम छ । उनले अहिले रतमा औसत २ घण्टा सुत्न पाइरहेको बताइन् ।

दुई सन्तानकी आमा डा. ब्रोडरिक विदा मनाउन गएकी थिइन् जतिबेला उनले चीनमा कोरोना भाइरस फैलिएको जानकारी पाइन् । चीनका अधिकारीहरुले भाइरसको जेनेटिक कोड जारी गरेको ३ घण्टामै डा. ब्रोडरिकले ३ घण्टाभित्र भ्याक्सिनको डिजाइन तयार गरिन् । भ्याक्सिन डिजाइन गरेको भोलिपल्टै त्यसलाई तयार गर्नको लागि फ्याक्ट्रीमा पठाइएको छ । डा. ब्रोडरिकको टिमलाई बिल गेट्स समर्थित एक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *