मोडल करिष्मा ढकाल र शिव खड्का अभिनित ‘माछी खोलिमा’ बजारमा (भिडियाे)

डिसी नेपाल
२४ माघ २०७६ ९:४५

काठमाडौं। पछिल्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ।
‘यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो। मलाइ लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ,’ मोडल खड्काले भने।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय गरिसकेका छन्। अब कलाकारिता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुको काम पनि गर्दै अघि बढ्ने मोडल खडकाको भनाइ छ। मोडल खड्का युवा ब्यवसायी समेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालीको सञ्चालकको रुपमा कार्यरत छन्।

समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र सुनिता गिरिको आवाज रहेको छ। कृष्ण बस्यालको शब्द रचना, अर्जुन सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन्। भिडियोमा मोडल शिव खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *