चोटको कारण शरद टिम बाहिर, सुवाष खकुरेल टिममा पर्ने सम्भावना
काठमाडाैं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको शनिबार हुने चौथो खेलमा नेपालका शरद भेषवाकर चोटका कारण टिम बाहिर भएका छन्। लिग २ अन्र्तगतको ओमानसँगको पहिलो खेलमा चोटका कारण शरद टिम बाहिर भएका हुन्।
लिगको पहिलो खेलमा संकटमा रहेको नेपाली टिमलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ५५ रनको अर्धसतकीय पारी खेलेका थिए। शरद टिमबाट बाहिरिएसँगै बैकल्पिक खेलाडीका रुपमा रहेका सुवास खकुरेललाई टिममा ल्याइने भएको छ। त्यसकालागि क्यानले आईसिसीलाई पत्र पठाएको क्यान स्रोतले जनाएको छ।
मंगलबार अमेरिकासँग भएको अभ्यास खेलमा ५२ रनको अर्धसतकीय पारी खेलेर टिमलाई जित दिलाउन महत्वपूर्ण योगदान दिएका सुवास बिगत लामो समयदेखि टिम बाहिर रहेका थिए। शनिबार नेपाल टिममा कमब्याक गर्ने मौका पाएमा सुवासको लागी यो अवसर संगै टिममा रहिरहन चुनौती पनि रहने छ। बुधबार भएको खेलमा नेपाल ओमान संग १८ रनले पराजित भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment