पाकिस्तान १६ वर्षे बलर नसिम शाहले बनाए टेष्ट क्रिकेटमा कीर्तिमान

डिसी नेपाल
२६ माघ २०७६ १९:२७

काठमाडौं । पाकिस्तानका युवा बलर नसिम शाहले टेष्ट क्रिकेटमा ह्याट्रिक लिएका छन्। पाकिस्तानको भ्रमणमा रहेको बंगलादेशसँग पहिलो टेष्टको तेस्रो दिन शाहले ह्याट्रिक लिएका हुन्।

नसिम टेष्ट क्रिकेटमा ह्याट्रिक लिने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनले १६ वर्ष ३५९ दिनमा ह्याट्रिक लिएका हुन्। शाहले ४०.४ ओभरमा बंगलादेशका नजमुल हसन शान्टोलाई एलबीडब्लु आउट गरे। यस्तै ४०.५ ओभरमा तैजुल इस्लाम र ४०.६ ओभरमा हेरिस सोहेललाई आउट गराए।

तेस्रो दिनको खेल सकिँदा बंगलादेशले ६ विकेट गुमाएर १२६ रन बनाएको छ। बंगलादेश पाकिस्तानसँग ८६ रनले पछि परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *