कैटरिना यो चीज देखेपछि सबै कुरा किन बिर्सिन्छिन्?
मुम्बई। आफ्नो सुन्दरता र फिटनेसका कारण फिल्म क्षेत्रमा चर्चित बनेकी बलिउड अभिनेत्री कैटरिना कैफ पेनकेक्सलाई देखेपछि सबै कुरा झुल्छिन्। त्यसो त पेनकेक्स बच्चाले धेरै मन पराउँछन्।
तर जब कैटरिनाको अगाडि पेनकेक हुन्छ तब उनी सबै कुरा झुलेर पेनकेक खान्छिन्। जबकि फिट रहनका लागि उनले खानामा निकै ध्यान दिनुपर्ने हुन्छ। कैटरिनाको फिट शरीर र सुन्दरताले लाखौं मानिस प्रभावित छन्। कैटरिनाको पेनकेक कमजोरी नै हो।
कैटरिना आफैंले पनि पेनकेक आफ्नो कमजोरी भएको स्वीकार गरिसकेकी छन्। कैटरिनाको फिटनेशलाई लिएर सामाजिक संजालमा पनि चर्चा हुने गर्छ। कैटरिनालाई अन्तिम पटक फिल्म ‘महाभारत’ मा सलमान खानसँग अभियन गरेको देखिएको थियो।
कैटरिना चाँडै आफ्नो मोस्ट अवेटेड फिल्म ‘सूर्यवंशीࢉ मा अक्षयकुमारसँग देखिँदैछिन्। यो फिल्मको पोस्टर र भिडियोबाट के थाहा पाइन्छ भने सूर्यवंशीमा अक्षयसँगै रणवीर सिंह र अजय देवगनको पनि अभिनय रहेकोछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment