विशाल र प्रविशाको प्रेमिल गीत [भिडियोसहित]
काठमाडौं। यतिबेला ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको सप्ताह चलिरहेको छ। यसै अवसर पारि ‘तिमी हौ’बोलको प्रेमिल गीत सार्वजनिक गरिएको छ।
गीतमा विशाल निरौला र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ। यसमा शब्द, संगीत तथा संयोजन गायक निरौलाकै छ। गीतको अडियो सुमधुर छ। सुन्दर दृश्यहरुमा खिचिएको भिडियो पनि आकर्षण लाग्छ।
प्रथम क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा ओबी रायमाझी, सौगात मिश्र र दीया जिसीको अभिनय हेर्न सकिन्छ। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment