कोरोनाभाइरसबाट मर्नेको संख्या हजार नाघेसँगै चीनका बरिष्ठ अधिकारीहरुमाथि कारवाही

डिसी नेपाल
२८ माघ २०७६ ११:०२

काठमाडौं। कोरोनाभाइरसबाट मर्नेहरुको संख्या हजार नाघेसँगै चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी रुपमा काम नगरेको भन्दै केही बरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको छ । यसरी बर्खास्त गरिनेहरुमा हुबेइ हेल्थ कमिशनका पार्टी सेक्रेटरी र कमिशनका प्रमुख समेत छन् । उनीहरु बर्खास्त गरिनेमध्ये सबैभन्दा बरिष्ठ अधिकारी भएको बीबीसीले लेखेको छ

स्थानीय रेडक्रसका डेपुटी निर्देशक पनि काममा लापरवाही गरेको आरोपमा निकालिएका छन् । बर्खास्त गरिएका स्वास्थ्य कमिशनका दुई बरिष्ठ अधिकारीको स्थान चीनको राष्ट्रिय स्वास्थ्य कमिशनका डेपुटी निर्देशक वाङ हेसहेङले लिनेछन् । सोमबार हुबेइ प्रान्तमा मात्र १०३ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभरमा मर्नेको संख्या १ हजार १६ पुगेको छ । चीनको राष्ट्रिय मिडियाका अनुसार यसरी बर्खास्त गरिएका अधिकारीहरुको संख्या सयौंमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *