सिन्धुपाल्चोकमा कोरोनाका शंकास्पद २०१ जना विरामी, आवश्यक सहयोग गर्न गाउँपालिकाको पत्र

डिसी नेपाल
२९ माघ २०७६ ८:१५

काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार गरेको छ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको छ। जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म २०१ जनामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको जानकारी दिए।

‘हामीले यसको लक्षण देखिने वित्तिकै मन्त्रालयलाई पत्र देखेर जानकारी गराएका थियौं,’ अध्यक्ष श्रेष्ठले डिसी नेपालसँग भने, ‘तर मन्त्रालयले आफूहरुसँग सीमित स्वास्थ्यकर्मीमात्रै भएको र अहिले नआत्तिनु उतै म्यानेज गर्नु भन्ने जवाफ दियो।’ गाउँपालिकाले अत्यन्त जरुरी पत्र भन्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ। तर, मन्त्रालयले भने आफूहरुसँग जनशक्ति नभएको जवाफ दिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले डिसी नेपाललाई बताए।

अहिले गाउँपालिकाले मात्रै उपचार गरिरहेको उनको भनाइ थियो। आफू विहानैदेखि मास्क, औषधिलगायतका समाग्री लिएर आफू अहिले पनि प्रभावित क्षेत्रमा रहेको उनको भनाइ छ। करिब १०० जना नर्सहरुले आकस्मिक सेवा दिइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *