वडा अध्यक्ष भन्छन् : आत्तिने अवस्था छैन
काठमाडौं। दुई दिनदेखि अत्याधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र पखाला चल्ने विरामीको संख्या बढेको छ। यो जुगल गाउँपालिका चीनसँग सिमाना जोडिएकाले मानिसहरु चीनमा जस्तै कोरोना भाइरस फैलिएको हो की भनेर एकदमै त्रसित भएका छन्।
तर, डाक्टरले यो कोरोना भाइसर होइन, आत्तिनु पर्दैन भन्नु भएको छ। म हिजो सदरमुकाम चौतारा गएको थिएँ, हामीले सिडियो साव र एसपीसँग बसेर बैठक गरेका थियौं। यसअघि गाउँपालिकाले यो रोगको पहिचान गरिदिनुपर्यो भनेर पत्राचार पनि गरेका थियौं। त्यसको कुनै जवाफ आएको छैन।
डाक्टरहरुले यो कोरोना भाइरस होइन, आत्तिनु पर्दैन भन्नु भएको छ। मेरो जानकारीमा भए अनुसार अहिलेसम्म १२५ जना बिरामी पर्नु भएको छ। उहाँहरुलाई छुट्टै स्थानमा राखिएको छैन। सबै आफ्नै घरमा बस्नु भएको छ।
सिन्धुपाल्चोकमा कोरोनाका शंकास्पद २०१ जना विरामी, आवश्यक सहयोग गर्न गाउँपालिकाको पत्र
आज विहान पनि महिलाहरु बच्चा लिएर स्वास्थ्य चौकी आउनु भएको थियो। हामीले जिल्लामा विशेष डाक्टर पठाउन आग्रह गरेका छौं। अहिलेसम्म विशेषज्ञ डाक्टर आइसक्नु भएको छैन। मानिसहरु एकदमै त्रसित भएका छन्।
जुगल गाउँपालिका वार्ड नम्बर ३ का वडाअध्यक्ष सानुकान्छा तामाङसँग गरिएको कुराकानीमा आधारित
No ads found for this position

डिसी नेपाल
Facebook Comment