वर्षा र विकासको अभिनयमा ‘तिम्रो माया कति दिनलाई ?’
काठमाडौं। ‘तिम्रो माया कति दिनलाई ?’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
संगीता रायमाझीको आवाजमा रहेको गीतको म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतको शब्द दीपक शर्माले कोरेका हुन् भने संगीत पनि उनकै रहको छ।
भिडियोमा अभिनेत्री वर्षा राउत र मोडल विकास लामिछानेको अभिनय हेर्न सकिन्छ। वर्षा र विकासले पहिलोपटक संगै काम गरेका हुन्। भिडियोमा आफूहरुको केमेष्ट्रि दर्शकलाई मनपर्ने विकासको विश्वास छ।
देवेन्द्र पाण्डेले भिडियोको कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment