अध्ययन भन्छः कोरोनाभाइरस निर्जीव सतहमा पनि अरु भाइरसभन्दा ४ गुणा धैरै बाँच्छ

डिसी नेपाल
१ फागुन २०७६ १५:०१

काठमाडौं। कोरोनाभाइरस कोभिड १९ बाट विश्वभर ६० हजार १०८ जना संक्रमित भएसकेका छन् । १३६३ जनाको ज्यान गइसकेको छ । कूल संक्रमितमध्ये ५९ हजार ५३९ जना चीनमा मात्र छन् । १३६१ जना चीनमै मरिसकेका छन् । यसको रोकथामको लागि विश्वभरका वैज्ञानिकहरु शोध र अध्ययनमा जुटेका छन् । यही बीचमा जर्मनीका वैज्ञानिकहरुले कोरोनाभाइरस नष्ट गर्ने तरिकाबारे बताएका छन् । जर्मनीको रुह युनिभर्सिटी र ग्रिफ्सवाल्ड युनिभर्सिटीका वैज्ञानिकहरुले मिलेर कोरोनाभाइरसका विषयमा गरेको अध्ययनबाट प्राप्त जानकारीका आधारमा इन्टरनेशनल बिजनेस टाइम्सले एक रिपोर्ट प्रकाशित गरेको छ ।

वैज्ञानिकहरुले अहिलेसम्म कोरोनाभाइरसका विषयमा भएका दुई दर्जन शोधको समेत गहन अध्ययन गरेपछि कोरोनाभाइरसबाट जोगिने केही उपाय पत्ता लगाएका हुन् । जर्मनीका वैज्ञानिकहरुको अध्ययन अनुसार कोरोनाभाइरसलाई नष्ट गर्न सकिने प्रमुख उपाय भनेको स्वयंलाई यसबाट जोगाउने हो । कोरोनाभाइरसलाई डिसइन्फेक्टेन्टको सहयोगले नष्ट गर्न सकिन्छ । अध्ययनमा प्राप्त नतिजाअनुसार कोरोनाभाइरस ३० डिग्रीभन्दा बढी तापक्रममा जीवित रहन असहज हुन्छ । तापक्रम बढ्दै जाँदा यो भाइरस निष्क्रिय हुँदै जान्छ । अथात तापक्रम ३० डिग्री वा सोभन्दा बढी हुँदा यसको शक्ति कम हुँदै जान्छ ।

यसलाई डिसइन्फेक्टेन्टको सहयोगले नष्ट गर्न सकिन्छ । अल्कोहलबाट यसलाई १ मिनेटमा नष्ट गर्न सकिन्छ । ब्लीचको सहयोगले भने यसलाई केवल ३० सेकेण्डमै नष्ट गर्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार यो भाइरस अन्य फ्लू भाइरसभन्दा ४ गुणा धेरै समयसम्म बाँच्न सक्छ । साधारण फ्लू भाइर २ देखि ३ दिन बाँच्छन् तर कोरोनाभाइरस यसको ४ गुणा धेरै समयसम्म बाँच्न सक्छ । यो भाइरस जीवित मात्र नभइ निर्जीव वस्तुहरुमा पनि लामो समय जीवित रहन सक्छ ।

यो भाइरन जीवित शरीरबाहेक काठ, सिसा, प्लाष्टिक वा धातुले बनेका वस्तुहरुमा पनि ९ दिनसम्म जीवित रहन सक्छ त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्दा पनि सावधानी अपनाउनु जरुरी हुन्छ । अध्ययनमा भएको खुलासा अनुसार तापक्रम ४ डिग्रीभन्दा कम भएको अवस्थामा त यो भाइरस १ महिनासम्म पनि जीवित रहन सक्छ । यदि निर्जीव वस्तुहरुलाई डिसइन्फेक्टेंटको सहयोगले सफा गरिएमा संक्रमणको खतरा कम हुन्छ ।

कोरोनाभाइरसले केवल १५ सेकेण्डमा स्वस्थ व्यक्तिलाई संक्रमित गर्न सक्छ । तर यो अध्ययनमा कोरोनाभाइरस निर्जीव वस्तुबाट मानिसमा कति समयमा फैलिन्छ भन्ने कुरा भने खुल्न सकेको छैन । विश्व स्वास्थ्य संगठनले विश्वभर यको संक्रमणबाट बच्न अल्कोहलले हात धुन सल्लाह दिएको छ । लगातार मास्क लगाउन र मास्क एन ९९ गुणस्तरको प्रयोग गर्न पनि सल्लाह दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *